जेठ १६, काठमाडौं । एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले सरकारले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको कार्यक्रममा बजेट छुट्याएको प्रति आपत्ती जनाएका छन् । उनले विवादित रुपमै रहेको संसदबाट पास नभएको आयोजनालाई अर्बौं बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन भएको बताए ।
सामाजिक सञ्जालमार्फत उनले एमसीसी कार्यक्रममा बजेट बिनियोजन गरिएको प्रति सार्वजनिक विरोध गर्न आव्हान गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं !’
नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं!
— Dr. Bhim Rawal (@BhimRawal179) May 30, 2021
सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको बजेटमा एमसीसी कार्यक्रम अन्तर्गतको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनालाई ९ अर्ब बढि बजेट विनियोजन गरेको छ । विवादित रुपमै रहेको आयोजनालाई लुकाएर बजेट विनियोजन गरिएपछि चौतर्फी आलोचना भईरहेको हो ।
वि.सं.२०७८ जेठ १६ आइतवार १७:५२ मा प्रकाशित






























