back
CTIZAN AD

शिक्षामा बजेट घटाइएकोमा शिक्षक संगठनको आपत्ति

वि.सं.२०७८ जेठ १६ आइतवार

873 

shares

१६ जेठ, काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले सरकारद्वारा शनिबार ल्याएको बजेटमा शिक्षामा बजेट घटाइएको भन्दै आपत्ति जनाएको छ ।

अध्यक्ष शंकर अधिकार र महासचिव निमबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा विगतको वर्षको तुलनामा शिक्षामा बजेट घटाइएकोमा आपत्ति जनाउँदै सरोकारवाला सबैको ध्यानाकर्षण गरिएको छ ।

शिक्षक तथा विद्यालय कर्मचारीमाथि विभेद गरी विगतमा शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघ विच सहमति भए बमोजिमको कार्यक्रम र योजना बजेटमा नल्याएको आरोप लगाइएको छ ।

स्थानीय तहको साझेदारीमा बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको मासिक तलब रु.१५००० बनाउने भनिएतापनि स्थानीय तहबाट तलबभत्ता दिनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था नगरिएको, शिक्षकहरुको समयोबद्ध बढुवा तथा तहगत बढुवा गर्ने कुनै पनि आधार तयार नगरिएको, द्वन्द्वपीडित शिक्षहरुको पुनरबहाली तथा क्षतिपूर्तिको व्यवस्था नगरिएको लगायतका विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।

साथै कोभिडबाट बिरामी हुने शिक्षक तथा विद्यालय कर्मचारीहरुको उपचार खर्च तथा कोरोनाबाट मृत्यु हुने शिक्षक तथा विद्यालय कर्मचारीका परिवारलाई क्षतिपूर्ति तथा राहतको कुनै पनि व्यवस्था नगरिएको लगायतको विषय विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ जेठ १६ आइतवार २१:१२ मा प्रकाशित

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...