back
CTIZAN AD

संविधानवाद र लोकतान्त्रिक अभियानमा सरिक भैदिन चितवनका ५ दलको आह्वान

वि.सं.२०७८ जेठ १६ आइतवार

732 

shares

१६ जेठ, काठमाडौं । चितवन ५ राजनीतिक दलहरुले संविधानवाद र लोकतान्त्रिक अभियानमा सरिक भैदिन आह्वान गरेका छन् ।

क्षेत्र नं २ का ५ राजनीतिक दलका क्षेत्रीय अध्यक्षहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मुल मर्म र भावना विपरित प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा दोस्रो पटक भएका् प्रतिनिधिसभा विघटनप्रति भत्र्सना गर्दै संविधानवाद र लोकतान्त्रिक दिशामा अघि बढाउने अभियानमा सरिक हुनका लागि सम्पूर्ण जनसमुदायलाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्री र स्वयम् राष्ट्रपति समेत अलोकतान्त्रिक, निरंकुश, तानाशाही बाटो हिंड्न खोजेको प्रमाणित भएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर लोकतान्त्रिक अभ्यासलाई खिल्ली उडाइ अध्यादेशमार्फत शासन चलाउने पद्धतिप्रति समेत गम्भिर आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा कोभिड १९ का विरामीको निःशुल्क उपचार गर्ने निर्णय कार्वान्वयन तथा अस्पतालहरुमा स्वास्थ्य सामग्रीको यथोचित व्यवस्था, बन्दाबन्दीका कारण प्रभावितहरुका निम्ति तुरुन्त राहतको व्यवस्था, स्थानीय कृषि उत्पादनको बिक्रि वितरणको व्यवस्था मिलाउन र महंगी तथा कालो बजार नियन्त्रण गर्ने सरकारको ध्यानाकर्षण गराइएको छ ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेमा नेपाली काँग्रेस क्षेत्र नं २ चितवनका सभापति भरत प्रसाद लामिछाने, नेकपा (माओवादी केन्द्र) का क्षेत्रीय अध्यक्ष द्रोण सिवाकोटी, नेकपा (एमाले)का क्षेत्रीय उपसंयोजक एवम् उपाध्यक्ष कृष्णराज न्यौपाने(लब्ली), जनता समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष मुस्तफा अलि र राष्ट्रिय जनमोर्चाका क्षेत्रीय अध्यक्ष नारायण चालिसे रहेका छन् ।

वि.सं.२०७८ जेठ १६ आइतवार २१:५१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...