१६ जेठ, जापान । गैरआवासीय नेपाली संघ, (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति कान्तोको संयोजकमा दिपेश खत्री सर्वसम्मत चयन भएका छन् ।
मे ३० तारिक (आइतबार) सम्पन्न सातौ अधिवेशनबाट संयोजकमा खत्री सहित नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिको कार्यकाल २०२१ देखि २०२३ सम्म रहनेछ ।
अन्तिमसम्म संयोजकको दाबेदारी प्रस्तुत गरेका भीमसेन रायले खत्रीलाइ समर्थन गरेपछि कान्तोको सम्पूर्ण समिति सर्बसम्मत बन्न सफल भएको थियो । संयोजकमा खत्री चयन भएसंगै उपसंयोजकमा सुरेश केसी, सैलेन्द्र खड्का त्यस्तै महिला उपसंयोजकमा ललिता तामांङ चयन भएको निर्बाचन समितिले जानकारी गराएको छ ।
त्यस्तै अन्य पदहरु अन्तर्गत सचिबमा सागर कार्की सहसचिबमा महेन्द्र राउत र दिपक सुबेदी (विप्लब) छन् भने कोषाध्यक्ष बिनोद राई सहकोषाध्यक्ष पुरन्जन नेपाल छन् भने सदस्यमा अशोक भट्टराई (बिद्यार्थी) सुबिन सुब्बा (महिला) सोहन खत्री सर्बसम्मत चयन भएका हुन् ।
वि.सं.२०७८ जेठ १६ आइतवार १७:४० मा प्रकाशित






























