१७ जेठ, काठमाडौं । हाल देशैभरी पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश नँ १ र बाग्मति प्रदेशका एक\ दुई स्थानमा भारि बर्षाको संभाबना रहेको पनि महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ जेठ १७ सोमवार ०९:०० मा प्रकाशित





























