back
CTIZAN AD

राष्ट्रपतिको खोप याचनप्रति भीम रावलको आपत्ति, भने – संविधान उल्लंघन भयाे

वि.सं.२०७८ जेठ १७ सोमवार

864 

shares

जेठ १७, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले अन्तराष्ट्रिय समुदायसँग गरेको खोप याचनाप्रति नेता भीम रावलले आपत्ती जनाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपतिले संविधान र प्रणालीको उल्लंघन गर्दै याचना गरेको बताए ।

‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।


रावलले खोप याचनामा देखिएको राष्ट्रपतिको सक्रियताप्रति पनि प्रश्न उठाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अधिकार राष्ट्रपतिलाई बुझाउने बाटोमा त लागेको होइन् भनि प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।’

कोभिड–१९ विरुद्वको खोप सहयोग गर्न राष्ट्रपतिले चीनसहित विभिन्न देशका समकक्षीलाई अनुरोध गर्दै पत्र लेखेकी थिइन् । सोमबार मात्रै उनले बेलायतकी महारानीलाई पत्र लेख्दै सहयोग गर्न आग्रह गरेकी थिइन् ।

सम्बन्धित समाचार

कांग्रेस नेतृ संग्रौलाको आशंका : राष्ट्रपतिलाई सक्रिय बनाउन खोजिएको त होइन् ?

वि.सं.२०७८ जेठ १७ सोमवार १६:५३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...