१८ जेठ, काठमाडौं । हाल देशैभरी पश्मिी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।
आज देशभर पहाडी भू–भागका केहि स्थानहरू तथा तराइका थोरै स्थानहरुमा मेघगर्जन \चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज प्रदेश १, वागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली र वाकी भूभागमा आंशिक बदली रहनेछ ।
प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का सम्भावना रहेको छ पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ जेठ १८ मंगलवार ०८:४९ मा प्रकाशित




























