१८ जेठ, काठमाडौँ । यो वर्ष हुने भनिएको कोपा अमेरिका फुटबल प्रतियोगिताको ४७ औं संस्करण ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको छ । ब्राजिल साविक विजेता समेत हो ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका सार्वजनिक भइसकेको छ ।
यसअघि प्रतियोगिता अर्जेन्टिनामा र कोलम्बियामा आयोजना हुने तय भएको थियो । तर, कोरोना भाइरसको महामारीको कारण अर्जेन्टिनाबाट प्रतियोगिता सारिएको हो ।
कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरुले भाग लिनेछन्।
वि.सं.२०७८ जेठ १८ मंगलवार ०९:१३ मा प्रकाशित


























