back
CTIZAN AD

संवैधानिक इजलास पुर्नगठन गर्न बाध्य भए प्रधानन्यायाधीश, श्रेष्ठ र केसी नरहने

वि.सं.२०७८ जेठ १८ मंगलवार

666 

shares

जेठ १८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । मंगलबार सर्वोच्च बारका प्रतिनिधिसँगको छलफलमा राणाले वरिष्ठ न्यायाधीशहरुको संवैधानिक इजलास गठन गर्न सहमत भएका हुन् ।

सर्वोच्च बारका अध्यक्ष पूर्णंमान शाक्यले बताएअनुसार प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका प्रतिनिधिबीच यस्तो सहमति जुटेको हो ।

प्रतिनिधि सभा विघटनविरुद्व रिटमाथि सुनुवाई गर्न राणाले आफुँ नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए । तर, इजलास गठन प्रक्रिया विधिसम्मत नभएको भन्दै विरोध भएको थियो । इजलासमा रहेका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेबहादुर केसीका विषयमा कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए ।

आइतबारको इजलास नै न्यायाधीशहरुको विषयमा केन्द्रीत भएको थियो । सबै कानून व्यवसायीले दुई न्यायाधीश इजलासबाट हट्नुपर्ने माग राखेका थिए ।

इजलासमा सहभागी अन्य दुई न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले पनि इजलास पुर्नगठन गर्नुपर्ने सुझाब दिएका थिए । धेरै विरोध भएपछि उनले विवादमा तानिएका न्यायाधीशलाई नै स्वनिर्णय गर्न आग्रह गरेका थिए । तर दुवै न्यायाधीशले रहने इच्छा व्यक्त गरेपछि विवाद थप कोचिलिएको हो ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १३:०४ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...