back
CTIZAN AD

पाकिस्तानको रावलपिंडीमा बढ्दो गर्मीका कारण खानेपानीको अभाव

वि.सं.२०७८ जेठ १८ मंगलवार

690 

shares

१८ जेठ, रावलपिन्डी । तापक्रम बढ्दै जाँदा पाकिस्तानको रावलपिन्डीमा पानीको आपूर्तिमा अभाव देखिन थालेको छ । पानीको अभाव हुनुमा भूमिगत पानीको तह घट्नु र बाँधबाट प्रशस्त आपूर्ति नहुनुलाई कारक मानिएको छ ।

खानेपानी तथा सरसफाई निकाय वासाका प्रबन्ध निर्देशक राजा शौकत मेहमूदले पानीको अभावबारे भने, “गर्मीका कारण पानीको भूमिगत तह घटेपछि वितरणमा कमी भएको हो ।

रावलपिन्डी शहरमा दैनिक पाँच करोड ९० लाख ग्यालन पानीको आवश्यकता रहेकोमा हाल चार करोड ६० लाख ग्यालन आपूर्ति भइरहेको छ । उनले भूमिगत पानीको सतह ६५० फिट गहिराईमा झरेको छ भने रावल र खानपुर बाँधबाट हुने पानीको आपूर्तिमा गर्मीका कारण उल्लेख्य कटौती हुँदा अभाव बढेको बताए ।

प्रबन्ध निर्देशकले भने, “भूमिगत स्रोत र बाँधबाट आउने पानीको स्रोत शहरबासीको पानीको मुख्य स्रोत रहेको र खडेरीका कारण ती स्रोतहरूबाट आवश्यकता अनुसार पानीको मात्रा उपलब्ध नहुँदा समस्या देखिएको रावलपिंडी शहरका १६ लाख बासिन्दाको पानीको आवश्यकता पूरा गर्न स्थापित ४६० ट्युबवेलहरूबाट माग पूरा गर्न समस्या भइरहेको हो ।”

उनले भने, “सहरमा यसपहिले पनि नागरिकले आवश्यकता अनुसार पानी पाइरहेका थिएनन् र खडेरी र गर्मी बढ्दै जाँदा समस्या पनि बढिरहेको छ ।

द एक्सप्रेस ट्रिब्यूनले मेहमूदलाई उद्धृत गर्दै भनेको छ, “खानेपानी आयोजनाको पहिलो चरण विगत दुई दशकदेखि थाँती रहेको छ र बारम्बार समीक्षा गरिए पनि सुरु गरिएको छैन ।”

इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरीक–ए–इन्साफ पीटीआई सरकारको तीन बर्षको अवधिमा पनि यो परियोजना छलफल र बैठकको हिस्सा मात्र रहेको र यसलाई सुरु गर्न कुनै ठोस प्रयास नगरिएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानका अन्य शहरी क्षेत्रहरू पनि पानीको सङ्रकट तीब्ररूपमा पर्दै गएका छन् । अप्रिलमा कराँचीमा ४० डिग्री सेल्सियस तापक्रम पुग्दा पानीको माग बढेको तर तीव्र अभाव भएको बताइएको थियो ।

यसैबीच, पाकिस्तानको सिन्ध प्रान्तमा गुड्डू ब्यारेजका प्रमुख इन्जिनियरले यस प्रान्त तथा बाँधमा ६० बर्षमा पहिलो पटक नराम्रो पानीको अभाव भइरहेका बताउँदै मे र जूनमा धान रोप्ने काममा नआउन पाकिस्तानी किसानहरूलाई सल्लाह दिएका थिए ।

इन्दु नदी प्रणाली प्राधिकरण आईआरएसएले शनिबार पञ्जाब र सिन्ध प्रान्तहरूमा ३२ प्रतिशत मात्रा कम पठाउने निर्णय गरेको छ ।
एएनआई

वि.सं.२०७८ जेठ १८ मंगलवार १३:२६ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...