१८ जेठ, गलकोट । आज अपराह्नमा परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ ।
बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।
रासस
वि.सं.२०७८ जेठ १८ मंगलवार १६:२५ मा प्रकाशित






























