१९ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार दिएको जानकारी अनुसार म्याग्दीका १, पर्वतका १, तनहुँका २, कास्कीका ४, वाग्लुङका १, स्याङजाका ३ र नवलपरासीपूर्वका ४ जना गरी १६ जनाको मृत्यु भएको हो ।
त्यसैगरी प्रदेशमा मंगलबार ४७३ जना नयाँ संक्रमित थपिएका छन् । जसमा म्याग्दीका ४ महिला र ८ पुरुष गरी १२, पर्बतका ३० महिला र ३२ पुरुष गरी ६२, गोरखाका २ महिला र ६ पुरुष गरी ८, लमजुङका २५ महिला र १६ पुरुष गरी ४१, तनहुँका ९ महिला र १२ पुरुष गरी २१, कास्कीका ९३ महिला र १०८ पुरुष गरी २०१, बाग्लुङका १९ महिला र ११ पुरुष गरी ३०, स्याङजाका १७ महिला र १८ पुरुष गरी ३५ र नवलपरासी पूर्वका ३२ महिला र ३१ पुरुष गरी ६३ जना संक्रमित थपिएका हुन् ।
प्रदेशमा हालसम्म ४२ हजार ९९७ जनामा संक्रमण पुष्टि भएको छ भने ४७३ जनाको मृत्यु भएको निर्देशनालयका बिन्दु शर्माद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

वि.सं.२०७८ जेठ १९ बुधवार ०९:४० मा प्रकाशित






























