back
CTIZAN AD

जीपी फाउन्डेशन अमेरिकाद्वारा नयाँ कार्यसमितिलाई बधाई एवं सम्मान

वि.सं.२०७८ जेठ १९ बुधवार

744 

shares

१९ जेठ, अमेरिका । गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले भर्खरै सम्पन्न एनआरएनए अमेरिकाको २०२१–२०२३ का लागि भएको चुनावमा न्युयोर्क च्याप्टरमा विजयी पदाधिकारीहरूलाई सम्मान एवं वधाई तथा शुभकामना कार्यक्रम गरेको छ।

फाउन्डेशनले ३१ मेका दिन आफ्नो कार्यालयमा एक विशेष कार्यक्रम गरी विजयी कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गरेको हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकीका संस्थापक उपाध्यक्ष मिंगमार शेर्पाको प्रमुख आतिथ्यता एवं फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेको अध्यक्षता रहेको सो कार्यक्रममा एनआरएन एनसीसीका पुर्व सल्लाहाकार नेदेन दोंगाला विशेष अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रममा न्युयोर्कवाट एनआरएनए एनसिसि वोर्ड अफ डाईरेक्टरमा विजयी दुर्गेशजंग कार्की र प्रभातराज सापकोटाका साथै फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यद्वय सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्रीको पनि उपस्थिति रहेको थियो ।

न्युयोर्क च्याप्टरवाट विजयी टीमलाई प्रमुख अतिथि मिंगमार शेर्पाले अविर र खादा लगाई सम्मान गरेका थिए। सो कार्यक्रममा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले उनीहरूलाई बधाई दिँदै कार्यालयमा स्वागत गर्नपाउँदा खुशी लागेको र फाउन्डेशन सदा उनीहरूको साथमा हातेमालो गर्दै अगाडि बढ्ने दृढता व्यक्त गरे । उनले आगामी दिनहरूमा नेपाली समुदायको हर दुःख सुखमा साथ दिन तत्पर रहेको, आवश्यक पर्दा अमेरिकाका उच्च राजनैतिक नेतृत्वसँग लविगं एवम् समन्वय गरी सृजनात्मक काम गर्ने र सहयोग गरीरहने बताए ।

यसैगरी उपाध्यक्ष सुवर्ण लामाले सबैमा बधाई दिँदै कार्यसफलताका निम्ती आफुले सधैं साथ दिने प्रतिबद्दता व्यक्त गरे ।
फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले गिरीजावावुले भनेझैं ‘सहमति, सहकार्य र एकता नै आजको आवश्यकता हो’ भन्नेमा जाेड दिँदै टीमले केन्द्रदेखी च्याप्टरसम्म समन्वय गरी अशल काम गरी देखाउन शुभकामना दिए। कार्यसमिति सदस्य सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्रीले उनीहरूलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरेका थिए।

वोर्ड अफ डाईरेक्टरमा विजयी दुर्गेशजंग कार्कीले अब नॅंया विचारका साथ संस्थालाई नेपालीहरुको हक हितका लागी कार्ययोजनाहरु तय गरी काम गर्न जरुरी रहेकोमा जोड दिए । अर्का र्वोर्ड अफ डाईरेक्टरमा विजयी प्रभातराज सापकोटाले संस्थालाई अझै उचाईमा पुराउन हामी सबैको जिम्मेवारी भएको बताउँदै यसका लागी सबै एकजुट भएर हातेमालो गर्दै अगी ब्ढ्नु पर्नेमा जोड दिए ।

अध्यक्ष पदमा निर्वाचित आंग छिरिंग शेर्पाले आज आफू अत्यन्त उत्साहित भएको बताउँदै आगामी दिनमा ठोस कार्ययोजना ल्याई न्युयोर्कमा ठोसरूपमा परीवर्तन गरीछाडने र सोका लागी फाउन्डेशनको विशेष साथ र सहयोगको अपेक्षा गरेको धारणा व्यक्त गरे । साथै उनले एक जुझारू टीमलाई कुशलतापुर्वक हाँक्न आफु तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे ।

विशेष अतिथि नेदेन डोंगलाले टीमलाई बधाई दिँदै यो टीम अत्यन्त समावेशी र जुझारू भएको र आफुले सदा साथ र सहयोग दिने धारणा राखे ।

प्रमुख अतिथि मिंगमार शेर्पाले बधाई दिँदै तपाईंहरूसँग अवसर र चुनौती दुवै भएको र राम्रो काम गरी नमुना बनी देखाउन सुझाव दिँदै आफु सधैं साथमा रहने दृढता व्यक्त गरे ।

विजयी पदाधिकारी एवं टीमको नामावली यसप्रकार रहेको छः
अध्यक्ष – आंग छिरिंग शेर्पा
उपाध्यक्ष – शोभाकान्त पाण्डे
सचिव – दन्डपाणी लामीछाने (वाशु)
सहसचिव – वावुराजा सिंह
कोषाध्यक्ष – आशिष सापकोटा
महिला संयोजक– लक्ष्मी थापा
युवा संयोजक– अनुप वानिँया
वोर्ड सदस्यहरु– पवित्रा धिमाल
राजन वन्जरा
प्रदिप खड्का क्षेत्री
संगीता कोईराला
देवेन्द्र लामा
छिरिंग शेर्पा
एनआरएनए एनसिसि अमेरिकाका नॅंया निर्वाचित अध्यक्ष बुध्दि सागर सुवेदी, महासचिव अन्जन कुमार चौंलागाई लगायत सबै निर्वाचित पदाधिकारीहरुलाई फाउण्डेसनले हार्दिक बधाई दिदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ ।

वि.सं.२०७८ जेठ १९ बुधवार ०९:४३ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...