१९ जेठ, काठमाडौँ । नेपाली इतिहासमै कालो दिन जेठ १९, तत्कालिन राजा विरेन्द् विरविक्रम शाहसहित बंशै नास गर्नेगरी भएको राजदरबार हत्याकाण्ड २० वर्ष पुगेको छ । तर पनि सो हत्याकाण्ड बारे यथार्थ जानकारी नेपाली जनताले जान्न सकेका छैनन् ।
बाहिर आएका भनिएका केही प्रतिवेदनहरुले देखाए झैँ राजकुमार दिपेन्द्र विक्रम शाहले उक्त घटना घटाएका हुन् भन्नेमा विश्वस्त छैनन् ।
अन्य राजाको तुलनामा लोकतान्त्रिक र जनमुखी भएका कारण उनी नेपाली जनताको आँखामा प्यारो राजाको रुपमा रहेका छन् ।
उच्च सुरक्षा घेरामा रहेका राजपरिवारको हत्या हुनु र हत्या भएको २० वर्ष पुगिसक्दा पनि यथार्थ सार्वजनिक हुन नसकेको देशमा निर्मला जस्ताले न्याय पाउँछन् भनेर अपेक्षा कसरी गर्नु ?
वि.सं.२०७८ जेठ १९ बुधवार १०:१६ मा प्रकाशित






























