back
CTIZAN AD

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

वि.सं.२०७८ जेठ १९ बुधवार

780 

shares

१९ जेठ, काठमाडौँ । भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा रत्नसुन्दर लासिवाले बताए ।

नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत वैशाख ४ गतेदेखि १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको हो ।

“जेठ ५ गतेदेखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको थियो”, डा लासिवाले भने, “जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबैलाई वडा–१० कार्यालय भवनपछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौँ ।”

डा लासिवाले खोपको पहिलो मात्रा लगाएर कोभिड सङ्क्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरुलाई एक महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रष्ट पार्दै उनीरुका लागि अलग बन्दोबस्त गरिने जानकारी दिए । त्यस्तै यसअघि भारतीय खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई दोस्रो मात्रा खोपको सूचना नआएकाले केही समय धैर्य गर्न पनि उनले आग्रह गरे।

नगरपालिकाले भेरोसेलको पहिलो मात्रा २१ हजार ७२१ जनालाई र कोभिशिल्डको दोस्रो मात्रा दुई हजार ४३९ लाई दिइसकेको जनस्वास्थ्य स्रोतले बताएको छ । भक्तपुर नगरवासीसँगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका बासिन्दाले समेत भेरोसेलको पहिलो मात्रा खोप लगाएको र अधिकांशले आफ्नो नजिकको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लिएको डा लासिवाको भनाइ थियो । खोपको पहिलो मात्रा लिएका सबैले दोस्रो मात्रा अनिवार्य लिनुपर्नेमा उहाँले जोड दिनुभयो । भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैले कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेको छ । साठी वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन् ।

वि.सं.२०७८ जेठ १९ बुधवार १०:१७ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...