back
CTIZAN AD

एनआरएनए अफ्रिकाद्धारा बयालपाटा अस्पताललाई थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

वि.सं.२०७८ जेठ १९ बुधवार

642 

shares

१९ जेठ, काठमाडौं । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत अछामको बयलपाटा अस्पताललाई थप १० था अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

संघले दाताहरुको तर्फबाट स्थानिय समाजसेवी, जिल्ला विकास समिति अछामका पूर्व सभापति, नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारले १० थान अक्सिजन सिलिन्डर बयालपाटा अस्पतालका प्रमुख डाक्टर मन्दिप पाठकलाई बुधबार हस्तान्तरण गरेका हुन् ।

यसअघि उक्त अस्पताललाई १० थान र जिल्ला अस्पताल मङ्गलसेनलाई २० थान गरि अछाममा ३० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

संघको यो अभियानले देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ थान अक्सिजन सिलिन्डर (खरिद सहित), १०२५ रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु गरि ३५ लाख भन्दा बढीको सहयोग गएको तीन हप्तामा स्थानीय संघ सस्थाहरुको सहयोगमा सोझै अस्पताल र स्वास्थ्यकेन्द्रहरुमा हस्तान्तरण गरिसकेको छ ।

संघको अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुलो यो अभियानमा सहयोग पुरयाउने एनआरएनए अभियन्ताहरु, सामाजसेवी संघ, सस्था र अभियन्ताहरु, धनगढीस्थित ह्युमानिटी फाउन्डेसन, युगान्डाको रुपारेलिया फाउन्डेसन लगायत सम्पूर्ण सहयोगी शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरेको छ ।

No description available.

वि.सं.२०७८ जेठ १९ बुधवार १४:१८ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...