back
CTIZAN AD

फेरि एमाले एउटै हुन कति सम्भव ?

वि.सं.२०७८ जेठ १९ बुधवार

807 

shares

जेठ १९, काठमाडौं । कानूनी र प्राविधिक रुपमा एउटै भएपनि नेकपा (एमाले) राजनीतिक रुपमा भने विभाजित छ । कानूनी र प्राविधिक जटिलताको कारण एमालेमा विभाजनको घोषणा भने भईसकेको छैन् । देखिँदा एउटै रहेको पार्टीभित्र दुई समूह फरक–फरक मोर्चामा आबद्ध छन् ।

विभाजनकाे घोषणा हुन मात्रै बाँकी रहेको एमालेमा फेरि एकता बनाउने अभियान भने सुरु भएको छ । एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमालेका दोस्रो तहका नेताहरु सक्रिय बनेका छन् ।

शितल निवासमा दिनैविच्छे छलफल

अहिले पार्टी एकता जोगाउने नाममा सबैभन्दा बढि सक्रिय राष्ट्रपति बनेकी छिन् । उनले दुवै पक्षका नेताहरुसँग चरणबद्ध रुपमा छलफल पनि थालेकी छिन् ।

स्रोतले बताएअनुसार उनले माधवकुमार नेपाल पक्षका मध्यमार्गी मानिएका नेताहरुसँग महत्व दिएर छलफल गरिरहेकी छिन् । उनको यो अभियानमा माधव पक्षीय नेता योगेश भट्टराईले सहयोग गरिरहेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार भण्डारीले ओलीसँगको छलफलपश्चात नै यो अभियान चलाएकी हुन् । उनको सक्रियतापश्चात नै सोमबार राती दुवै पक्षका नेताहरुबीच याक एण्ड यति होटलमा वार्ता भएको थियो ।

एमाले जोगाउन कति सम्भव ?

एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय ११ नेतालाई पार्टी सदस्यसमेत नरहने गरि निकाष्सन गरिसकेका छन् । अहिले ओलीले पुनः घनश्याम भुसालसहित १२ नेतालाई कारबाहीको तयारी गरेका छन् । ओलीले मागेको २४ घण्टे स्पष्टीकरण नदिएका नेताहरुलाई कारबाही गर्ने तयारी उनको छ ।

स्पष्टीकरण नबुझाएका नेताहरुलाई कारबाही गर्ने घोषणा यसअघि नै ओलीले गरेका थिए । तर, पछिल्लो कसरतले मात्रै कारबाही रोकिएको हो । यसअघि सोमबार युवा संघको जुम मिटिङ्गलाई सम्बोधन गर्ने क्रममा पनि ‘पार्टीभित्रका गलत तत्वलाई ठेगान लगाएरै छाड्ने’ कुरा ओलीले स्पष्ट पारेका थिए ।

यस्तोमा ओलीले पुनः पार्टी एकताको पहल गर्छन् भन्ने कुरा पत्यार लाग्दो देखिन्न । अहिले ओलीले माधव पक्षका एक पछि अर्को नेताहरुलाई कारबाही गरिरहेका छन् भने माधव पक्षले पनि बेग्लै पार्टी बनाउने अभियान थालेको छ । माधव पक्षका युवा नेताहरुले निर्वाचन आयोगमा नेकपा (एकता केन्द्र) नामक पार्टी दर्ताको निवेदन बुझाईसकेको छ ।

अहिले माधव पक्ष सर्वोच्चको निर्णयको पर्खाइमा छ । उसले सर्वोच्चको निर्णयको आधारमा पार्टी दर्ता कहिले गर्ने निर्णय गर्ने तयारीमा छ ।

वार की पारको लडाईँ चलिरहेको एमालेमा मिल्ने सम्भावना भने कमजोर रहेको धेरैको टिप्पणी छ । घनश्याम भुसालकै भनाईलाई आधार मान्दा पनि ओली संविधान र व्यवस्था नै खारेज गर्ने अभियानमा लागेका छन् । यस्तो अवस्थामा माधव समूह ओलीका कदममा साँक्षी बन्ने सम्भावना कमजोर छ ।

एकताको नाममा माधव पक्षका नेताहरु तान्ने दाउ

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा आईपुग्दा राष्ट्रपति भण्डारीले अहिलेको जस्तै भूमिका खेलेकी थिइन् । उनले प्रचण्ड–माधव पक्षलाई बोलाउने र फकाउने गर्ने गरेकी थिइन् । तर, उनको योजना ओलीलाई नै सघाउने प्रकृतिको थियो ।

अहिले पनि माधव पक्षका मध्यमार्गी नेताहरुलाई समातेर एकताको अभियान चलाएकी छिन् । धेरैको बुझाइमा यो माधव पक्षका नेताहरुलाई तान्ने प्रर्यत्न मात्रै हो । एमालेको ओली पक्षको स्थायी समिति बैठकले पनि स्पष्ट रुपमा माधव पक्ष एकता गर्ने योजनामा नरहेको बताएको थियो ।

यस्तोमा माधव पक्षभित्र ढुलमुले देखिएका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरुलाई तान्ने ओली पक्षको दाउ हुने धेरैको बुझाई छ । यसअघि माधव नेपाल समूहका दर्जनौं नेताहरुले यहि बाहानामा समूह परिवर्तन गरेका थिए । पछिल्लो समय योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेको भूमिकालाई पनि शंकापूर्णं खालको छ ।

वि.सं.२०७८ जेठ १९ बुधवार १४:२० मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...