back
CTIZAN AD

ढुङ्गाको पर्खाल भत्किँदा दुईको मृत्यु

वि.सं.२०७८ जेठ १९ बुधवार

807 

shares

१९ जेठ, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिए ।

मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन् । घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।
रासस

वि.सं.२०७८ जेठ १९ बुधवार १४:२४ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...