back
CTIZAN AD

उपेन्द्र र महन्थलाई निर्वाचन आयोगले भन्यो – कारबाही पुष्टी हुने आधार देखिएन

वि.सं.२०७८ जेठ १९ बुधवार

711 

shares

जेठ १९, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुवै अध्यक्षले गरेको कारबाहीलाई निर्वाचन आयोगले वैद्यानिकता दिन अस्वीकार गरेको छ । आयोगले बुधबार दुवै पक्षलाई पत्र पठाउँदै दुवै गरेको कारबाही पुष्टी हुने आधार नदेखिएको बताएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षलाई अनुसूचीको ढाँचाअनुसार विवरण पेश गर्न भनिएको छ । साथै आयोगले ठाकुरलाई केन्द्रीय समिति सदस्यहरुको हस्ताक्षरसहितको निर्णय पठाउन माग गरिएको छ ।

‘दुवै पक्षले गरेको कारबाही पुष्टी हुने आधार नदेखिएकाले दुवै पक्षलाई अनुसूचीको ढाँचाअनुसार विवरण पेश गर्न भनेका छौं’ श्रेष्ठले भने, ‘ठाकुरलाई केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपि पठाउन भनेका छौं ।’

बुधबार अध्यक्ष उपेन्द्र यादवले आफुँ पक्षीय कार्यकारिणी समितिको बैठक बसालेर अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई निष्कासन गर्ने निर्णय गरेका थिए भने ठाकुरले पनि आफुँ पक्षीय बैठकबाट उपेन्द्र यादवलाई कारबाही गर्ने निर्णय गराएका थिए ।

वि.सं.२०७८ जेठ १९ बुधवार १६:५७ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...