१९ जेठ, काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले बहुप्रतिक्षित होण्डाको सिबि ३५० डिएलएक्सलाई चाँडै नेपाली बजारमा भित्राउने भएको छ ।
आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुका लागि निर्मित यो बाइकमा ३५० सिसिको इन्जिन क्षमता रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यो बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुने कम्पानीले जनाएको छ ।
रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता विशेषताले भरिपूर्ण यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् ।
बाइकको बारेमा थप जानकारीका लागि बाईक पारखिहरुले होण्डाको टोलफ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) तथा ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ जेठ १९ बुधवार १८:११ मा प्रकाशित






























