back
CTIZAN AD

विश्वकप छनोट: कुवेतमाथि अष्ट्रेलियाको शानदार जित, भारत भने कतारसँग १-० ले पराजित

वि.सं.२०७८ जेठ २१ शुक्रवार

642 

shares

२१ जेठ, काठमाडौँ । विश्वकप २०२२ को छनोटमा अष्ट्रेलियाले कुवेतमाथि सहज जित हात पारेको छ । एसियाली छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा अष्ट्रेलियाले कुवेतलाई ३–० ले हराएको हो ।

अष्ट्रेलियाका लागि खेलको पहिलो मिनेटमै लेकीले गोल गर्दै लाई अग्रता दिलाएका थिए । त्यसैगरी २४औँ मिनेटमा ज्याकसनले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफको ६६ औँ मिनेटमा एजडिनले गोल गर्दै अष्ट्रेलियालाई ३–० गोलको जित दिलाएका थिए । जितसहित ५ खेलबाट १५ अंक जोडेको अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको १० अंक छ । समान अंक भएको जोर्डन तेस्रो स्थानमा छ । ६ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ ।

त्यसैगरी समुह ‘ई’ को खेलमा भारत पराजित भएको छ । भारत घरेलु टिम कतारसँग १-० गोलले पराजित भएको हो । खेलको ३३ औँ अब्देलाजिज गोल गर्दै कतारलाई जित दिलाएका थिए ।

समुह ई मा कतार १९ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको ओमानको १२ अंक छ । तेस्रो स्थानको अफगानिस्तानको ५ अंक छ भने चौथो स्थानको भारतले ३ अंक मात्र जोड्न सकेको छ । पाँचौ स्थानको बंगलादेशले २ अंक मात्र बटुलेको छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार ११:१२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...