२१ जेठ, काठमाडौं । कोरोना महामारीलाई मध्येनजर गर्दै लगाइएको अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध अब भने केही खुकुलो हुने भएको छ ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब नेपाल एयरलाईन्स र कतार एयरवेजले प्रत्येक सोमबार दोहा-काठमाण्डौं-दोहा उडान गर्ने भएको छ ।
त्यसैगरी इस्तानवुल–काठमाडौं–ईस्तानवुल प्रत्येक विहीबार र एर इण्डियाले प्रत्येक शुक्रबार दिल्ली–काठमाण्डौं–दिल्ली उडान भर्ने गरी मन्त्रालयको अनुमतिमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिका तय भएको छ ।
मन्त्रालयबाट शुक्रबार जारी सूचना अनुसार नेपाल आउने विदेशी तथा नेपाली नागरिकले विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८ नेपाल सरकार (मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको मापदण्ड धधध।तयगचष्कm।नयख।लउ मा राखिएको हेर्न सकिनेछ ।
त्यसैगरी हवाई उडानमार्फत् नेपाल आउने यात्रुहरुले नेपाल आइसकेपछि आफ्नै खर्चमा अनिवार्य १० दिन होटल क्वरोन्टिनमा बस्नुपर्नेछ । साथै वायुसेवाले यात्रुको होटल बुकिङ र पछिल्लो ७२ घण्टाको पि.सी.आर. रिर्पोटमा कोभिड नेगेटिभ भएको सुनिश्चित गरेर मात्रै बोडिङ पास जारी गर्नुपर्ने पनि सूचनामा उल्लेख छ ।
त्यसैगरी खाडी मुलुकक र मलेसियाको हकमा ५ दिन अनिवार्य होटल क्वरोन्टिनमा बसेर पिसीआर परीक्षण नेगेटिभ आएपछि १० दिन होम क्वरोन्टिनमा बस्ने गरी घर÷गन्तव्यमा जाने अनमुति दिइने बताइएको छ ।
वि.सं.२०७८ जेठ २१ शुक्रवार १३:०९ मा प्रकाशित






























