२२ जेठ, काठमाडौँ । नेपाल सेवा लघुवित्तले जेठ २४ गते साधारण सभा सोमबार बोलाएको छ । लघुवित्तको उक्त सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे सुरु हुने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा छ ।
सभामा अन्य कुनै संस्थासँग गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफारनोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
वि.सं.२०७८ जेठ २२ शनिवार ०६:४३ मा प्रकाशित





























