कोरोनाकै महामारी हाम्रो देशभरी भएपछि,
आक्सिजनको किल्लत ओरी परी भएपछि ।
कसरी जोगाउँने आफन्ति लाई आँसुले मात्रै,
खुलेनन आँखा बिन्तिपत्र घरी घरी भएपछि ।
सरकारलाई छैन चासो जनताको न देशको,
बिदेशबाट कमिशन आउँन खरखरी भएपछि
मुटु पग्लिन्छ जनताको हालात हेर्दा देशभित्र,
आफन्तिको आँखामा आँशु धरधरी भएपछि ।
कति रोक्लान आक्रोश देशका जनताले फेरि,
पगाल्छ आफ्नो हृदयनै आँखे झरी भएपछि ।
सरकारले आफ्नो स्वार्थमा कैदिहरु छाड्यो,
अर्को अपराध हुने निश्चितछ त्यो बरि भएपछि ।
वि.सं.२०७८ जेठ २२ शनिवार ०६:३९ मा प्रकाशित






























