नियाल्दै हेरँ फूल गुलाबलाई आज
मेरो एकोहोरो हेराईले मानिन लाज
जोसुकै आउन् उनको बाटोमा
हरेकपल मुस्कुराइरहिन्
पवनसँग ताल मिलाई
भमरासँग खेल्दै रमाईन्
आँधीहुरी अँधेरीसँग नमानी डर
निर्धक्क हाँसिरहिन्
केहीबेर मै ठूलो मेघसहित
आएको असिनाले कुरुप भइन्
अनौठो लाग्यो ती कोमल फूलको हालत देखेर
कसुर थिएन
पलभरमै छिया–छिया भइन्
तिनीसँगै रहेका तिखा काँडालाई केही असर परेन
लाग्यो जीवन बचाउन
कोमल फूल भन्दा त काँडा नै बन्नुपर्ने रहेछ ।
वि.सं.२०७८ जेठ २२ शनिवार ०६:४३ मा प्रकाशित






























