back

अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जलि अर्पण

वि.सं.२०७३ माघ २८ शुक्रवार

549 

shares
IME Limited
NTC AD

२८ माघ, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको पार्थिव शरीरमा आज श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

धुम्रबाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष ओलीले आज श्रद्धाञ्जलि दिनुभएको हो ।

सडक दुर्घटनामा परी उपचारका क्रममा वीर अस्पतालमा निधन भएका २७ वर्षीय राईलाई श्रद्धाञ्जलि दिन उहाँको शव परीक्षणपछि पार्टी कार्यालय पु¥याइएको थियो ।

उक्त श्रद्धाञ्जलि कार्यक्रममा पार्टीका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेललगायतका नेता तथा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका नेताको सहभागिता थियो ।

खोटाङ स्थायी घर भएका राईको पार्थिव शरीरलाई आज खोटाङ पु¥याई अन्त्येष्टि गरिने कार्यक्रम रहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

यही माघ २५ गते काठमाडौँबाट गृहजिल्ला जानेक्रममा भक्तपुरमा उहाँ सडक दुर्घटनामा पर्नुभएको थियो ।

वि.सं.२०७३ माघ २८ शुक्रवार ०८:३६ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...