back
CTIZAN AD

प्रदेश २ : ओलीको हस्तक्षेप हुने सम्भावना देखेपछि जसपाले चुन्यो संसदीय दलको नेता

वि.सं.२०७८ जेठ २३ आइतवार

750 

shares

जेठ २३, काठमाडौं । जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेता चुनेको छ । आइतबार जनकपुरधाममा बसेको संसदीय दलको बैठकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दलको नेतामा चयन गरेको हो ।

बैठकमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पनि उपस्थित भएका थिए । बैठकले जसपाको संसदीय दलको विधान पारित गर्दै नेता चुनेको हो । बैठक ५५ प्रदेशसभा सदस्यमध्ये ३६ जनाले हस्ताक्षर गरेको बताइएको छ ।

प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन् । तर पछिल्लो समीकरणसँगै राजपाका थप केहि सांसद समाजवादी समूह तर्फ लागेका हुन् ।

प्रदेश सरकार फेर्ने योजना बनिरहेको थियो

केन्द्रमा महन्थ ठाकुर समूहसँग सहकार्य गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सहकार्य गर्ने प्रस्ताव राखेका थिए । दुवैले बहुमत पुर्याएर प्रदेश सरकार परिवर्तन गर्ने खेल सुरु गरेका थिए ।

तर, केन्द्रमा जस्तै सांसदहरु खेलमा सहभागी हुने सम्भावना देखेपछि यादवले संसदीय दलको नेता चयन गरेका हुन् । उनले राउत नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहेका छन् ।

पछिल्लो समय पार्टी विभाजन भएसँगै यादवले विपक्षी गठबन्धनसँग बहुमतको लागि सहयोग मागेका थिए । हाल विपक्षी गठबन्धनका कांग्रेस वा माओवादी सहयोग गरेमा राउत नेतृत्वको सरकार टिक्ने अवस्था छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार १५:२५ मा प्रकाशित

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...