जेठ २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक/दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन् । उनले रिक्त मन्त्रालयमा क–कसलाई ठाउँ दिने भन्नेबारे निकटस्थसँग छलफल गरिरहेका छन् ।
ओलीले रिक्त गृहसहितका महत्वपूर्र्णं मन्त्रालयमा अति विश्वासपात्रहरुलाई समेट्न खोजेको विषय बाहिरिएको छ । ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्दा आफैंसँग गृहसहित रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राखेका थिए । जसमध्ये ओलीले गृह, रक्षा र सञ्चारमा कसलाई ल्याउँछन् भन्ने कुरा निकै चाँसोका साथ हेरिएको छ ।
गृहमा चर्चा महेश बस्नेतको
महेश बस्नेतले ओली नेतृत्वको सत्ता टिकाउन निकै सहयोग गरेका छन् । उनी बेला–बेला ओलीलाई गरेकै सहयोगले चर्चा पनि आउँछन् ।
पछिल्लो समय जसपाको महन्थ ठाकुर समूहलाई आफ्नो पक्षमा पार्न महेश बस्नेतले निकै भूमिका खेलेको देखिएको थियो । उनले यसअघि पनि जसपाकै सांसदहरुलाई एमाले प्रवेश गराउन निकै प्रयत्न गरेका थिए । तत्कालिन समय उनलाई सांसद अपहरणको समेत आरोप पनि लागेको थियो ।
ओलीको अप्ठ्यारोमा सप्ठ्यारो बनाउने महेश बस्नेतलाई गृहमा ल्याउन खोजिएको चर्चा अहिले उनी निकटस्थबाटै बाहिरिएको छ । त्यसैगरि ओलीले गर्न लागेको मन्त्रिपरिषद विस्तारमा खगराज अधिकारीको पनि नाम जोडिएको छ । बाहिरएको जानकारीअनुसार ओलीले बस्नेतको विकल्पका रुपमा अधिकारीलाई राखेका छन् ।
उनले केहि मन्त्रालय पूर्वमाओवादी समूहका नेताहरुलाई दिने गरि पनि तयारी गरेको बुझिएको छ । यसअघि ओलीले पूर्वमाओवादी समूहलाई ७ वटा मन्त्रालय दिएका थिए ।
वि.सं.२०७८ जेठ २३ आइतवार १७:५३ मा प्रकाशित






























