back
CTIZAN AD

युएईका साहित्यकारद्वारा १० लाखको अक्षयकोष स्थापना

वि.सं.२०७८ जेठ २३ आइतवार

675 

shares

 २३ जेठ, युएई । वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् ।

युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेको साहित्यिक संस्था ‘सगरमाथा साहित्य प्रतिष्ठान’ ले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डिजी शर्माले बताएका छन् ।

प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले आगामी दुई वर्षभित्र लक्ष्य पूरा गर्ने गरी १० लाख रुपैयाँ बराबरको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोष स्थापना भएपछि साहित्य, कला तथा सङ्गीत क्षेत्रमा आवद्ध कुनै संस्था वा ब्यक्तिलाई योगदानको आधारमा सम्मानसहित पुरस्कार दिने लक्ष्य राखिएको छ । पुरस्कार तथा पुरस्कारको राशि रकमबारे पछि गठन हुने पुरस्कार वितरण सम्बन्धि मापदण्डमा विस्तृत रुपमा उल्लेख गरिने जनाइएको छ ।

प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको नाम ‘सगरमाथा वर्ष पुरस्कार’ तय भएको छ ।

युएईमा सक्रिय रहेको यो प्रतिष्ठानले अक्षयकोषका लागि संस्थाका केन्द्रीय सदस्य तथा पदाधिकारी र अन्य ब्यक्ति, संघसंस्थाबाट रकम संकलन गरिने जनाएको छ ।

अहिलेसम्म अक्षयकोषको रकम संकलन, ब्यवस्थापन र सञ्चालनको लागि तत्कालको लागि संस्थाका केन्द्रीय सचिव डि एल घिमिरेको संयोजकत्वमा केन्द्रीय सह–सचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू र केन्द्रीय सदस्य रविन दर्लामी मगर सदस्य रहेको तीन सदस्यीय अक्षयकोष ब्यवस्थापन समिति बनाइएको छ ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले स्थापना गर्न लागेको अक्षयकोषको लागि अहिलेसम्म केही पदाधिकारी तथा साहित्यप्रेमीहरुले कोषमा स्वतस्फूर्त रकम जम्मा गर्ने घोषणा गरेका छन् ।

प्रतिष्ठानका संरक्षक समर चेम्जोङ आभाषले यो कोषको लागि ५० हजार, अध्यक्ष जीवित खड्का मगरले ५१ हजार, प्रवक्ता राजेशराज गड्तौलाले २५ हजार, सुचारु बिभाग प्रमुख अजित क्षेत्रीले २० हजार, महासचिव डि जि शर्माले ५० हजार नेपाली रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

यसैगरी केन्द्रीय सदस्य जीरन थुलुङ, सचिव डि एल घिमिरे, सहसचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू, सदस्य कृष्णप्रसाद घिमिरे, सल्लाहकार दीपराज न्योङङ्हाङले जनही २०÷२० हजार रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता गरेका छन् ।

यसैगरी संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक विवेक दुलाल क्षेत्रीले ५० हजार १ सय ५० रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

यसका अतिरिक्त केन्द्रीय सदस्यहरु रविन दर्लामी मगर, सदस्य अमृता वान्तवा, युवराज खतिवडा, उपाध्यक्ष सरु शितल राईले पनि जनही २०/२० हजार रुपैयाँ र काठमाडौंबाट सुभद्रा नेपालीबाट १० हजार गरी अहिलेसम्म १६ जना मनकारी दाता तथा अभियन्ताहरुबाट करिब ४ लाख ३६ हजार रुपैयाँँ बराबरको रकम घोषणा भएकोले बाकी रकम पनि निर्धारण गरिएको समयसीमा भित्रमा संकलन गरिसक्ने लक्ष्य लिइएको छ ।

प्रवासबाट नेपाली साहित्यको उत्थानको लागि गरिएको यो अनुकरणीय प्रयत्नलाई सफल बनाउन अध्यक्ष जिवित खडका मगरले सबै मनकारी दाताहरुलाई अनुरोध गरेका छन् ।

वि.सं.२०७८ जेठ २३ आइतवार १७:५७ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...