२३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३४७९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १०,४७१ पिसीआर ३२६२ ऐन्टिजेन गरी १३,७३३ नमुना परीक्षणमा ३४७९ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा १४६, ललितपुरमा २५४ र काठमाडौंमा ७३१ गरी उपत्यकामा आज ११३१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३४७९ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ६ लाख १ हजार ६९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ६,६३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,६३६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ९९ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७,८९८ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी ८९ हजार २१७ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ६,५१४ जना र होम आइसोलेशनमा ८२,७०३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४४२ जना र भेन्टिलेटरमा ३८१ जना उपचाररत छन् । साथै देशैभरीका विभिन्न क्वारेन्टिनमा ७३१ जना रहेका छन् ।
नेपालमा हालसम्म संक्रमित भएका ६ लाख १ हजार ६९३ जनामध्ये ३८.९ प्रतिशत महिला र ६१.१ प्रतिशत पुरुष रहेको मन्त्रालयले जनाएको छ । जसमा २१ देखि ५० वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको छ ।
एक सातामा ३८,१६२ संक्रमित
मन्त्रालयका अनुसार यो एक सातामा गरिएको १ लाख ६९३ पिसीआर र २६,१५९ ऐन्टिजेन परीक्षणमा ३८ हजार १६२ जनामा संक्रमण पुष्टि भएको छ । साथै सोहि अवधिमा ५० हजार ५४ जना संक्रमणबाट मुक्त भएका छन् । यो साता संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ । मन्त्रालयका अनुसार हाल ४७ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थपिए ५०४२ कोरोना संक्रमित, ६८ जनाको मृत्यु
वि.सं.२०७८ जेठ २३ आइतवार १७:२८ मा प्रकाशित






























