२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ५०४२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ११,४७१ पिसीआर र ५३४३ ऐन्टिजेन गरी १६,८१४ नमुना परीक्षणमा ५०४२ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा ७३, ललितपुरमा १४१ र काठमाडौंमा ७२३ जना गरी उपत्यकामा जम्मा ९३७ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ६६५३ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार १०० पुगेको छ । साथै ऐन्टिजन बिधिबाट परीक्षणका क्रममा हालसम्म १३,१०४ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी ८२४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८२४३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८२.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ६८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७,७९९ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी ९२ हजार ९२८ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ६,६८० जना र होम आइसोलेशनमा ८६ हजार २६८ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४५१ जना र भेन्टिलेटरमा ३८४ जना उपचाररत छन् ।
नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३१ लाख ३२ हजार ५९१ वटा नमुना परीक्षण गरिएको छ भने ऐन्टिजेन विधिबाट ६६ हजार ६८९ नमुना परीक्षण गरिएको छ ।
आज कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु, ६६५३ संक्रमित, निको हुनेको संख्या बढ्यो
वि.सं.२०७८ जेठ २२ शनिवार १८:०९ मा प्रकाशित






























