back
CTIZAN AD

आज कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु, ६६५३ संक्रमित, निको हुनेको संख्या बढ्यो

वि.सं.२०७८ जेठ २१ शुक्रवार

675 

shares

२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ६६५३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १४,१८२ पिसीआर र ६६३१ ऐन्टिजेन गरी २०,८१३ नमुना परीक्षणमा ६६५३ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १८८, ललितपुरमा २९९ र काठमाडौंमा ८९७ जना गरी उपत्यकामा जम्मा १३८४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा आज कोरोना संक्रमति हुनेको संख्या झण्डै ८ सयले घटेको छ । आज थपिएका ६६५३ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ८६६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८६६३ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका १०१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी ९७ हजार ६९९ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ६,८०७ जना र होम आइसोलेशनमा ९० हजार ८९२ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४२२ जना र भेन्टिलेटरमा ४०४ जना उपचाररत छन् । बिहीबारको तुलनामा आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा केही वृद्दि भएको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ७५५ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३१ लाख २१ हजार १२० वटा नमुना परीक्षण गरिएको छ ।

२४ घण्टामा थपिए ६८२५ कोरोना संक्रमित, ७५ जनाको मृत्यु

वि.सं.२०७८ जेठ २१ शुक्रवार १७:२१ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...