जेठ २१, काठमाडौं । सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत शैया छुट्याउन सबै अस्पतालहरुलाई निर्देशन गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउनसक्ने भन्दै यस्तो निर्देशन गरेको हो ।
मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्याधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै व्यवस्थापन प्रौढ र युवा लक्षित मात्रै भएकोले बालबालिकालाई विशेष शैया छुट्याउन निर्देशन गरेको हो । मन्त्रालयले तेस्रो र चौथो लहर आउँदा बालबालिकालाई जोखिम हुनसक्ने बताएको छ ।
विशेषत दोस्रो लहरमा देखिएको अक्सिजनको समस्यालाई पनि समाधान गर्नेगरि व्यवस्थापन गर्न मन्त्रालयले अस्पतालहरुलाई निर्देशन गरेको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको निर्देशन

वि.सं.२०७८ जेठ २१ शुक्रवार १७:४१ मा प्रकाशित






























