२१ जेठ, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज म्याग्दीका २, तनहुँका २, कास्कीका ४, बाग्लुङका १ र स्याङजाका १ जना गरी १० जनाको मृत्यु भएको हो । प्रदेशमा पछिल्ला केही दिनयता संक्रमणबाट ज्यान गुमाउनेको संख्या घट्दै गएको छ ।
त्यसैगरी प्रदेशमा आज ६८० जना नयाँ संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार म्याग्दीका २०, पर्वतका ४८, गोरखाका ७५, लमजुङका ४४, तनहुँका ४९, कास्कीका १५५, बाग्लुङका ११८, स्याङजाका ४९ र नवलपरासीपुर्वका १२२ जना गरेर ६८० जना नयाँ संक्रमित थपिएका हुन् ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १७:४४ मा प्रकाशित






























