back
CTIZAN AD

२४ घण्टामा थपिए ६८२५ कोरोना संक्रमित, ७५ जनाको मृत्यु

वि.सं.२०७८ जेठ २० बिहीवार

723 

shares

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ६८२५ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १८,५६२ पिसीआर र ३२११ ऐन्टिजेन गरी २१,७७३ नमुना परीक्षणमा ६८२५ जना संक्रमित थपिएका हुन् । बुधबारको तुलनामा बिहीबार १५ सय बढी संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १२९, ललितपुरमा २९८ र काठमाडौंमा १६०३ जना गरी उपत्यकामा जम्मा २०३० जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा आज ५७४ जना बढी संक्रमित थपिएका हुन् । आज थपिएका ६८२५ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ५९०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५९०४ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ६७ हजार४६७ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबारको तुलनामा मृत्यु हुनेको यो संख्या २६ जनाले कमी हो । आज मृत्यु भएका ७५ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६३० पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १ हजार ८३९ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ६,९३० जना र होम आइसोलेशनमा ९४ हजार ९०९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४४४ जना र भेन्टिलेटरमा ३९८ जना उपचाररत छन् । बुधबारको तुलनामा बिहिबार भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा वृद्दि भएको छ। साथै क्वारेन्टिनमा रहनेको संख्या ८३१ रहेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३१ लाख ६ हजार ९३८ वटा नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ५३१६ कोरोना संक्रमित, १०१ जनाको मृत्यु

वि.सं.२०७८ जेठ २० बिहीवार १७:४४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...