back
CTIZAN AD

पार्टी कारबाहीमा परेका सांसद कृष्ण थापा भन्छन् – जनमतलाई कदर गर्दै कांग्रेसको पक्षमा गईन्

वि.सं.२०७८ जेठ २० बिहीवार

741 

shares

जेठ २०, पोखरा । गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा सदस्य रहनुभएका कृष्ण थापाको पद रिक्त भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको पद नरहेको सूचना गराएका थिए।

जनमोर्चा केन्द्रीय कार्यालय तथा राष्ट्रिय जनमोर्चा संसदीय दल गण्डकी प्रदेशको आजको पत्र अनुसार पार्टीका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १ (ख)बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थापालाई नेपालको संविधान, २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३ तथा गण्डकी प्रदेश प्रदेशसभा नियमावली,२०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराइएको हो ।

गण्डकीमा सरकार गठनमा निर्णायक जनमोर्चाले नेपाली काँग्रेससहितका विपक्षी गठबन्धनको सरकार गठनमा पहल गर्ने निर्णय गरेकाका थापाले दलको निर्णय अनुसार हस्ताक्षर गर्न नमानेपछि पार्टी निर्णयविपरित कार्य गरेको भन्दै उनलाई दलका तर्फबाट कारबाही गरिएको हो ।

‘कारबाही इतिहासको मजाक’

यसैबीच सदस्य थापाले पार्टीले सांसद पदबाट हटाएपछि आफू जनताको अभिमत विपरित जान नसकेको प्रतिक्रिया दिनुभएको छ । राससलाई प्रतिक्रिया दिँदै थापाले मतदाताको इच्छा विपरित जान नसककेको बताए।

“कांग्रेसको सरकार नबन्दा जनमोर्चाको सांसद पद खारेज हुनु इतिहासको मजाक हो, यसबारे इतिहासले मूल्याङकन गर्नेछ”, थापाले भने , “जनताको अभिमत विपरित जान सकिन, मतदाताको अभिमतप्रति म सम्मान व्यक्त गर्दछु ।’’ थापा वाम गठबन्धनबाट विजयी भएका थिए ।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लङ्घन गर्दै सत्तारुढ नेकपा (एमाले)लाई सहयोग गर्दै आएको भन्दै पार्टीले कारबाही गरको हो । रासस

वि.सं.२०७८ जेठ २० बिहीवार १७:५९ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...