back
CTIZAN AD

दुई महिना मेलम्चीको पानी वितरण नहुने

वि.सं.२०७८ जेठ २० बिहीवार

768 

shares

२० जेठ, काठमाण्डौं । काठमाण्डौ उपत्यकामा दुई महिना मेलम्चीको पानी वितरण नहुने भएको छ । सुरुङमार्गको परीक्षण गर्न लागिएकाले पानी वितरण रोकिन लागिएको हो ।

सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएकोले आगामी असार १ गतेदेखि करिब दुई महिनासम्म काठमाडौं उपत्यकामा पानी वितरण रोक्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियरसमेत रहेका प्रवक्ता पन्तका अनुसार १५ दिन त सुरुङको पानी खाली गर्न नै लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिए त्यसको सुधारको काम गर्न थप समय लाग्न सक्ने हुँदा २ महिना काठमाडौँ उपत्यकामा पानी निकासी रोकिन उनले बताए ।

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने भएपनि तत्काल उद्घाटनका लागि हतारो गर्दा सुरुङ परीक्षण विनै सञ्चालन गरिएको थियो ।  चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर फेरि खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । त्यसकारण  पनि एक पटक सुरूङ परीक्षण जरुरी भएको पन्तले बताए ।

अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आउने गरेकामा दुई महिना मेलम्चीको पानी राेकिँदा काठमाडौँवासीले पानीको अभाव भोग्नु पर्ने अवस्था बनेको छ ।

 

वि.सं.२०७८ जेठ २० बिहीवार २०:१७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...