back
CTIZAN AD

गोयलसँगको समझदारी सार्वजनिक गर्न एमाले नेता शाहीको माग

वि.सं.२०७८ जेठ २४ सोमवार

1K 

shares

२४ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता हस्तबहादुर शाहीले भारतीय खुफिया प्रमुख समान्त गोयलसंग भएको वार्ताबाट भएको समझदारी सार्वजनिक गर्न माग गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पछि फर्कन तयार भएको घोषणा सहित ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि त्यसबारे प्रतिक्रियाको रुपमा ‘सरकारी निवास बालुवाटारमा भारतीय खुफिया प्रमुख समान्त गोयलसंग भएको वार्ताबाट भएको समझदारी सार्वजनिक गर्नुपर्ने’ मागलाई एकताको  शर्तका रुपमा अघि सारेका हुन् ।

पार्टी एकताका लागि प्रधानमन्त्रीको विज्ञापनमा हाम्रा सुझावहरु भन्दै उनले १५ बुँदे सुझाव सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

उनले सुझावका रुपमा दोस्रो पटकको प्रतिगमन सच्याउन राष्ट्रपतिमा सिफारिस गरेर संसद पुनःस्थापन गर्नुपर्ने, संविधान विपरीत संवैधानिक परिषदमा गरिएका नियुक्त खारेजी, नागरिकता विधेयक फिर्ता लिनुपर्ने बताएका छन् ।

एक पद एक व्यक्ति नीति स्वयं केपी ओलीबाट प्रारम्भ गरिनुपर्ने, संविधान सभाबाट जारी संविधान जलाउने कथित नक्कली नेपाल नागरिकलाई सरकारबाट हटानु पर्ने लगायतका कुरालाई पनि उनले आफ्नो सुझावमा राखेका छन् ।

यस्तो छ शाहीले सामाजिक सञ्जालमा प्रस्ततु गरेको सुझावहरु :

१) दाेस्राे पटककाे प्रतिगमन सच्याउन राष्ट्रपतिमा सिफारिस गरेर संसद पुनःस्थापन गरौ।

२) संविधान विपरीत संवैधानिक परिषदमा गरिएका नियुक्त खारेज गरौ।

३) नागरिकता विधेयक फिर्ता गरौ ।

४) काेराेना राेग नियन्त्रण गर्ने बहानामा स्वास्थ्य सामग्रीमा भएको घाेटलाका दाेषीलाई कार्वाही गरौ।

५ सरकारले पार्टी नीति सिद्धान्त विपरीत जनविरोधी काण्डहरुकाे समीक्षा गर्दै दाेषीलाई पहिले कार्वाही गरौ ।

६) सरकारी निवास बालुवाटारमा भारतीय खुफिया प्रमुख समान्त गाेयल संग भएकाे वार्ता बाट भएकाे समझदारी सार्वजनिक गरौ।

७) नवौ राष्ट्रिय महाधिवेशन निर्वाचित कमिटी बैठक विना अध्यक्ष महासचिव राख्ने अरु पदाधिकारी हटाउनु पर्ने खास कारण पार्टी पंक्तिमा प्रष्ट पारौ ।

८) कम्युनिस्ट इतिहास बाेक्दै आन्दोलनलाई आजकाे अवस्था सम्म ल्याई पुर्याउने नेता कार्यकर्ता कथित कार्वाही नाममा झ्याल ढाेका थुनेर पार्टी एकता फण्डा फालेर विज्ञापन नगरौ ।

९) पार्टी आन्तरिक लेकतान्त्रिक कमिटी प्रणाली धाेस्त पारेर व्यक्तिवादी रुपमा गरिएका २०७७ फागुन २३ पछिका सबै निर्णय खारेजी गरौ।

१०) एक पद एक व्यक्ति नीति स्वयं केपी ओलीबाट प्रारम्भ गरौ ।

११) प्रधानमन्त्रीबाट भएका राष्टघाती जनघाती कामकाे समीक्षा गर्दै निष्कर्ष त्यसलाई पार्टीकरण नगरि व्यक्तिकरण गरौ ।

१२) सरकारकाे अगामी निति तथा बजेटमा चुरे गिट्टी वालुवा ढुङ्गा भारत निर्यात गरि व्यापार गर्ने राष्टघाती खारेज गरौ

१३) संविधान सभाबाट जारी संविधान जलाउने कथित नक्कली नेपाल नागरिकलाई सरकारबाट हटाउँ ।

१४) आफुलाई अफ्ट्यारो पर्दा एकताकाे नाममा पटक पटक विज्ञापन गरेर अलमल्याउने षड्यन्त्र नगरौ ।

१५) गुटका नाम गरिएका सरकारी राजनीतिक नियुक्त खारेज गरौ।

 

वि.सं.२०७८ जेठ २४ सोमवार ११:२१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...