back
CTIZAN AD

एमाले २०७५ जेठ २ मा फर्कंदा के हुन्छ समस्या ?

वि.सं.२०७८ जेठ २४ सोमवार

627 

shares

जेठ २४, काठमाडाैं । दोस्रो संविधानसभामा सांसद बन्ने ताका नवीना लामा एमाले अखिलको अध्यक्ष थिइन् । नेकपाको विवाद समाधान गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइएपछि उनी अब अखिलमा फर्किन नसक्ने भएकी छन् । सुत्केरी भएर नानी हुर्काई बसेकी छन् ।
हुन तः अखिल नेता रामनाथ ढकालले पनि सांसद भएपछि विद्यार्थी नेताको जिम्मेवारी चटक्क छाडेका थिए ।

रमेश पौडेल पनि युवा संघको केही समयअघि अध्यक्ष थिए । संघको विधानमा ४२ वर्ष उमेरहद तोकिएको छ । तर ४५ वर्ष पुगिसकेकाले उनलाई पनि ०७५ जेठ २ को अवस्थामा फर्काउन सकिने स्थिति छैन ।

एमाले मिलाउन गठित १० जना नेता रहेको कार्यदललाई कतिपय जिल्ला अध्यक्ष प्रदेशतिर मन्त्री भएको अवस्थामा दोहोरो जिम्मेवारीको समस्या समाधान निम्ति मूलतः भन्ने शब्दको सहयोग लिन अध्यक्ष केपी ओलीद्वारा भनिएको छ ।

केन्द्रीय कमिटीको हकमा नेकपाको ४ सय ४१ सदस्यमध्ये एमालेमा रहेका जति सबैलाई केन्द्रीय सदस्य मान्ने सहमति पनि लगभग टुंगिएको बताइन्छ । यसो गर्दा रामबहादुर थापा बादललगायत पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका र मनोनित ४१ जनाको समस्यासमेत समाधान हुने उपाय निक्लिएको बताइन्छ ।

त्यसो गर्दा मिलाउन बाँकी जम्मा ४ जना मात्र हुन आउँछ । अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला नियुक्त गर्नुभएका तीन जना गैरकेन्द्रीय सदस्यको बारेमा कार्यदलले थप बोल्नुपर्ने भएको हो । त्यसमा झपट बोहोरा, गौरीशंकर चौधरी,धर्मराज रेग्मी र नवीन रोक्का मगर हुन् । तिनलाई केन्द्रीय सदस्य बनाउँदा वरिष्ठ नेता माधवकुमार नेपालका पनि चार जना थप्नुपर्ने हुन्छ,यसनिम्ति ओली तयार हुन गाह्रो छ ।

त्यसैगरी कार्यदलमा अनौपचारिक ढंगले हाल माओवादीमा रहेका तर नेता नेपालसँग निकट कोही नेता एमालेमा आउन इच्छुक भएमा तिनलाई समेत उचित जिम्मेवारी दिएर समस्या समाधान गर्न सकिने धारणालाई पनि कार्यदलको बैठकमा सकारात्मक भनिएको थियो ।

जिल्लाभन्दा तल र जनसंगठनहरुको हकमा २०७५ जेठ २ अघिको अवस्थामा नै आउने भन्ने मोटामोटी सहमति बनेको हो । ती पार्टी कमिटीहरुमा माओवादीबाट आएकाहरुलाई समेत उचित जिम्मेवारी दिने भन्ने एक सरो सहमति गरेर गत सोमबार राती कार्यदलका सदस्यहरु याक एण्ड यतिबाट घर फर्केको स्रोतको दाबी छ ।

तर,कार्यदलमा नेता नेपालतर्फका संयोजक भीम रावलले पटकपटक धोका खाइसकेकोले उधारो र मौखिक हैन हाताहाती लिखित सहमतिको अडान लिएपछि कुरो अड्केको इश्वर पोख्रेलनिकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीनिकट नेताहरुले पटक पटक ‘माधवकुमार नेपाल आफूहरुले जे गरे पनि अलग्गै पार्टी बनाएर प्रचण्डसँग कार्यगत एकताको बाटोबाट अघि बढ्नेगरी हिँडेको’ बताएका छन् । उनीहरुको दाबी छ ‘त्यसमा झलनाथ खनाल, भीम रावल,अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा र युवराज ज्ञवालीहरु पनि सँगै छन् । उनीहरु जे गरेपनि पार्टीमा फर्कंदैनन् ।’

बालुवाटारको रणनीतिबारे प्रष्ट पार्दै एकजना नेताले भने ‘११ जना नेतामाथिको कारबाही फिर्ता तत्काल नलिने,बरु अध्यक्ष ओलीले आफ्नो तर्फबाट वक्तव्य निकालेर एक्लौटी रुपमा पार्टी प्रवेशको लागि आह्वान गर्ने भन्ने तयारी छ ।’

उनै नेताले आगामी रोडम्यापसमेत अघि सार्दै भने ‘पुरानो स्थायी कमिटीको बैठक बोलाएर सबैलाई समेट्ने भन्ने होमवर्क भएको छ । त्यसो गर्दा जो जो आउँछन् । आउँछन् भन्ने छ ।’कुरो मिल्ने गरी अघि बढेको सन्दर्भमा नेपालपक्षीय नेताहरुको बिहीबारको जुम बैठकमा उपमहासचिव घनश्याम भुसालले कडा कुरा गरेको बालुवाटारपक्षीय नेताले आरोप लगाएका छन् । उनीहरुको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘भुसाल बालुवाटारमा नरम र कोटेश्वर पुगेपछि कडा हुने गर्नुभएको छ । हामीसँग मिलौं मिलौं पनि भन्ने तर उताकासँग कसरी मिल्न सकिन्छ ? पनि भन्ने ।’ जन आस्थाबाट

वि.सं.२०७८ जेठ २४ सोमवार १५:३३ मा प्रकाशित

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...