back
CTIZAN AD

निशेधाज्ञाका कारण हाँस नबिकेपछि पीडामा किसान

वि.सं.२०७८ जेठ २५ मंगलवार

1K 

shares

२४ जेठ, तनहुँ । व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रूपमा पाल्नु भएको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्टसहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरूपमा बन्द हुँदा हाँस बिक्री नभएको हो ।

किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की ५०० पाल्नुभएको छ भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस पाल्नु भएको छ । करीव रु.चौध करोडको लगानी गरी फार्म संञ्चालनमा ल्याइएको हो । झण्डै १४ करोडको लगानीमा निर्माण गरिएको सो फार्म सम्भवतः नेपालकै ठूला फार्म भएको दाबी गरिएको छ ।

उनले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुई वटा फार्म सञ्चालन गरी व्यावसायिक रूपमा अघि बढ्नु भएको छ । बन्दाबन्दीपश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखिएपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म मासु बिक्री हुने गरेको छ ।

बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत धौधौ हुन थालेको किसान पन्थले बताए । हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो माग लिएर बेलुका घरघरमा पु¥याइदिने गरिएको छ । उनले भने, ‘‘दाना खुवाउन पनि समस्या हुन थालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो ।’’

‘‘निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हँुदैन्थ्यो’’, उनले भने, ‘‘होटल तथा रेष्टुरेन्टहरूमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।’’ चितवनको भाटभटेनी सुपरमार्केटले केही शर्तसहितको सम्झौता गरी मापदण्ड अनुरुपको सबै कुरामा ठीक भई दुई टन मासु तयार गरिसकेको अवस्थामा झ्याप्पै लकडाउन हुँदा समस्या खेप्नुपरेको छ ।

केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज हाँसको सुकुटी रु.एक हजार पाँच सयमा बिक्री गर्ने गरि प्याकेजिङ कार्य समेत थालिएको किसान पन्थले बताए । फार्ममा कार्यरत कामदार र निजकी श्रीमती अनिता ढकाल पन्थलगायतले हाँसको सुकुटी प्याकेजिङ कार्य गर्दै आएका छन् ।

यसरी प्याकेज गरिएको मितिले ४५ दिनसम्म प्रयोग गर्न सकिन्छ । उनले भने, ‘‘कोभिडको वर्तमान परिस्थितिमा प्रतिरक्षाको लागि प्रयोग गरी मजबुत बनाउन पौष्टिक आहारको परिपूर्ति गर्न सकिन्छ ।’’ हाँसलाई अघाउञ्जेल दाना खाना दिने हो भने एक दिनमा सवा लाख रुपैयाँको दाना खान्छन् तर अहिले जेनतेन रु. ५०\६० हजारको दानाले जीविकोपार्जन गराइएको छ ।

वि.सं.२०७८ जेठ २५ मंगलवार ०७:५१ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...