back
CTIZAN AD

मन्त्रालयभित्रै एमालेका मन्त्रीमाथि एमाले नेताद्वारा दुव्र्यवहार

वि.सं.२०७८ जेठ २५ मंगलवार

843 

shares

२५ जेठ, धनगढी । नेकपा एमालेबाट मन्त्री बनेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीमाथि एमालेकै नेताद्वारा दुव्र्यव्हार भएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश समिति सचिव राजेन्द्रसिंह रावलले मन्त्रालयभित्र पसेर नेकपा एमाले माधव नेपाल समूहमा रहेका मन्त्री सोडारीमाथि दुव्र्यवहार गरेका हुन् ।

मन्त्री सोडारीको स्वकीय सचिब ललीत बोहराले विज्ञप्ति जारी गरी ‘सोमबार साँझ ७ः३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्ष भित्रै प्रबेश गरी अभद्र व्यवहार गरेको’ बताएका छन् । मन्त्री बजेट सम्बन्धीको छलफलमा व्यस्त रहेको मौका पारेर रावलले अंगरक्षक र नीजी सचिवालयलाई छलेर कार्यकक्षमै पसेर अभद्र व्यवहार गरेको जनाइएको छ ।

रावलले प्रदेश सभा संग सम्बन्धीत विषय लिएर मन्त्रीलाई धम्काउन गुण्डा लिएर मन्त्रालय प्रवेश गरेको जनाइएको छ । घट्ना लगत्तै मन्त्री सोडारीले प्रमुख जिल्ला अधिकारी, र जिल्ला प्रहरी प्रमुखलाई सुरक्षा बारे जानकारी दिएको सचिवालय प्रमुख बोहराले बताएका छन् ।

उता रावल पक्षले भने पार्टी निर्देशनअनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पु¥याउन गएका आफूहरुमाथि दुव्र्यवहार भएको जनाएको छ ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्ने कार्यक्रम तय भएकाले पार्टीको निर्णयअनुसार नेकपा एमालेबाट मन्त्री भएका तथा प्रदेशसभा सदस्यहरुलाई मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्ने आशयको पत्र बुझाउन जाँदा मन्त्री सोडारीले दुव्र्यहार गरेको आरोप लगाएका छन् ।

मन्त्री सोडारी एमालेमा माधव नेपाल समूहका नेता हुन भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन् । सुदूरपश्चिममा एमालेको ओली र नेपाल समूहबीचको विवाद उत्कर्षमा छ ।

यही जेठ १० गते ओली समूहले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार संसदमा विश्वासको मत लिँदै छन् । तर नेपाल समूहले भने प्रदेश संसदीय दलको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको छ ।

वि.सं.२०७८ जेठ २५ मंगलवार १०:०५ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...