back
CTIZAN AD

कोरोना कहरका बीच कृषिमार्फत स्वरोजगार बनाउने प्रयास

वि.सं.२०७८ जेठ २५ मंगलवार

678 

shares

२५ जेठ । कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ ।

आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण गरेको थियो । यस वर्ष सर्वसाधारणलाई ३५ हजार कुरिलोको विरुवाका साथै १६ हजार डाले घाँसको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

कृषिका सम्भाव्यताको पहिचानका लागि गाउँपालिका क्षेत्रमा अघिल्ला वर्षमा माटो परीक्षणसमेत गराइसकेको जानकारी दिँदै उहाँले कृषिमार्फत स्वरोजगार अभिवृद्धि गराउने दीर्घकालीन लक्ष्य राखिएको बताए ।

सम्भाव्यताकै अध्ययनका क्रममा गाउँपालिकाको वडा नं ३ पत्थरमा कृषि विज्ञहरू डा अनिल सुवेदी र डा कुलराज चालिसेले पत्थरमाथि खेतीको अनुसन्धान गरिरहेका जानकारी दिँदै उनले अनुसन्धान सफल भएमा सर्वसाधारणलाई यसतर्फ अभिप्रेरित गरिने बताए । पत्थरमाथि बोरामा माटो राखेर तरुल, गिठठ आदि कन्दमुलजन्य वस्तुहरूको खेतीबारे सम्भाव्यता अध्ययन भइरहेको उनले बताए ।

गाउँपालिकाले पुरानो बाली संरक्षण अभियानअन्तर्गत वडा नं ४ सल्यानमा कोदो, मकै, धानको रैथाने प्रजातिको संरक्षण कार्यलाई पनि अघि बढाएको कुँवरले जानकारी दिए।

वि.सं.२०७८ जेठ २५ मंगलवार १०:१९ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...