back
CTIZAN AD

भारतले बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

वि.सं.२०७८ जेठ २५ मंगलवार

717 

shares

२५ जेठ । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज ९एम्स० ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् ।

परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । “आज कोभाक्सिन खोपको बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको छ,” एम्सका एक अधिकारीले बताए । “परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।”

भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति प्रदान गरेको थियो ।

कोभ्याक्सिन बच्चाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बच्चाहरूमाथि यस पहिले नै परीक्षण सुरू गरिसकिएको छ ।

वि.सं.२०७८ जेठ २५ मंगलवार ०९:५३ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...