back
CTIZAN AD

गाँजालाई वैधानिकता दिन अभियन्ताहरु जुटे, नेपाल गाँजा वैधानिक महाअभियान राष्ट्रिय समिति गठन

वि.सं.२०७८ जेठ २५ मंगलवार

1.8K 

shares

२५ जेठ, काठमाडौँ । केही वर्ष यता नेपालमा गाँजा खेतीलाई वैधानिक फुकुवा गर्नुपर्ने आवाज उठाउँदै आएका अभियन्ताहरु संगठित भएका छन् ।

नेपालको गाँजा विश्वमै उत्कृष्ट रहेको हुँदा नेपालले गाँजा खेतीलाई फुकुवा गर्नुपर्ने विषयलाई ‘गाँजा आन्दोलन’बाट सामाजिक सञ्जालमा बहस गरिरहेका अभियन्ताहरुले ई– भेला गरी ‘नेपाल गाँजा वैधानिक महाअभियान’ गठन गरी कार्यसमिति चयन गरेका छन् ।

अनलाइन प्रविधिबाट आइतबार भएको भेलाले जोशेफ मदन कोइरालाको संयोजकत्वमा १७ सदस्यीय राष्ट्रिय समिति बनाएको छ ।

समितिको वरिष्ठ अभियन्ता एवं बिज्ञमा राजिब काफ्ले, सल्लाहकारहरुमा भिम उपाध्याय, डा. निरन्जन अर्याल, डा. महेश प्रसाद पुडासैनी तथा जेकी चाप्चा रहेका छन् । त्यस्तै सदस्यमा सुरज प्रसाद अधिकारी, चिराग खड्का, ऋिगेन्द्र गिरी, रबिन्स डाँगी, चिरञ्जीवी खरेल, राजु सिंह, ईसा क्षेत्री, बिबेक बस्नेत, दशरथ मंगोला, जुद्ध बहादुर सिंह र रबिन्स चौधरी रहेका छन ।

उक्त भेलाले चाँडै नै प्रदेश, जिल्ला, नगर र गाउँ पालिका समिति बनाएर गाँजा वैधानिक अभियानलाई गाउँ गाउँसम्म पु¥याउने निर्णय समेत गरेको छ ।

यस्तो छ राष्ट्रिय समिति :
राष्ट्रिय संयोजक : जोशेफ मदन कोइराला
वरिष्ठ अभियन्ता एवं बिज्ञ :राजिब काफ्ले
सल्लाहकार : भिम उपाध्याय
डा. निरन्जन अर्याल
डा. महेश प्रसाद पुडासैनी
जेकी चाप्चा
सदस्य :
सुरज प्रसाद अधिकारी
चिराग खड्का
ऋिगेन्द्र गिरी
रबिन्स डाँगी
चिरञ्जीवी खरेल
राजु सिंह
ईसा क्षेत्री
बिबेक बस्नेत
दशरथ मंगोला
जुद्ध बहादुर सिंह
रबिन्स चौधरी

नेपाल गाँजा वैधानिक महाअभियानको राष्ट्रिय समितिले विभिन्न मागहरु समेत राखेको छ :
१) गाँजा सबै तप्काले बैधानिक – १ घर ५० बोट बिना अनुमति पत्र ।
२) किसानको हित हुने गरी प्रतिबन्ध फुकुवा – सहज पहुँच को अनुमति पत्र प्रकिया ।
३) किसानको उत्पादन को गुणस्तर को आधारमा बिश्ब बजार मुल्यमा आधारित सरकारी खरिद प्रकिया – गाँजा बाट स्वदेश मै तयारी सामाग्री उत्पादन लाई बिषेश प्राथमिकता ।
४) गाँजारचरेश मात्रै का कारण कैदिबन्दि जिबन बिताउन बाध्य भएकाहरुलाई बिना शर्त रिहा – क्षतिपूर्तिको ब्यबस्था ।
५) गाँजामा बैदेशिक लगानी प्रतिबन्ध – स्थानीय स्वदेशी लगानीलाई प्रोत्साहन ।
६) गाँजा प्रतिबन्ध लगाएको कारण नेपालले बेहोर्नु परेको क्षति को क्षतिपूर्ति संयुक्त राष्ट्र संघबाट नेपाल सरकारले माग ।
७) पाठ्यक्रममा गाँजा शिक्षा समाबेश – रैथाने गाँजाको खोज अनुसन्धान र प्रवर्द्धन ।

सरकारले वैदेशिक ऋण कम गर्न चुरे क्षेत्रबाट गिटी, बालुवा निकासा गर्ने कुरालाई बजेट भाषणमै समेटेपछि गाँजा फुकुवाका लागि आवाज उठाउँदै आएका अभियन्ताहरुले चुरे नष्ट गरेर देशलाई जोखिममा पार्नु भन्दा नेपालमा गाँजालाई वैधानिक गर्न सकियो भने गाँजाबाट देशको समृद्धि हुन सक्ने तर्कहरु गरिरहेका छन् । ‘घर घरमा रोजगार, गाँजा नै नेपालको प्रथम व्यापार’ भन्ने नारा अघि सारेका छन् ।

गाँजा अभियन्ता तथा महाअभियानका सल्लाहकार समेत रहेका भिम उपाध्याय गॉजा HIV AIDS, Cancer, Tuberculosis को राम्रो औषधी भएको बताउँछन । उनी भन्छन् “गॉजा HIV AIDS, Cancer, Tuberculosis को राम्रो औषधी हो। गॉजाले पहिला रोगी कोषहरूलाई मार्छ र नयॉ स्वस्थ कोषहरू रिजेनेरेट गरिदिन्छ। गॉजाभित्रको THC र CBD को अनुपात मुलाएर वा कचिचा गॉजा खुवाएर उपचार गरिन्छ। यस्ता रोगहरूको अन्य औषधी खर्च वा उपचारमा लाग्ने गरेको वर्षेनि अर्बौँ रूपैया गॉजालाई पारयोग गरेर जोगाउन सकिन्छ।”

वि.सं.२०७८ जेठ २५ मंगलवार ११:४९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...