back
CTIZAN AD

बौद्धस्थित प्लानिङ चउरमा शव फेला

वि.सं.२०७८ जेठ २५ मंगलवार

720 

shares

२५ जेठ, काठमाडौँ । काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ ।

आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ ।

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएको जानकारी दिए । साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन् । अहिले शवको पहिचान भइसकेको छैन । चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ ।
रासस

वि.सं.२०७८ जेठ २५ मंगलवार ११:४७ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...