back
CTIZAN AD

पछिल्लो २४ घण्टामा ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु

वि.सं.२०७८ जेठ २८ शुक्रवार

795 

shares

२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ३,७५० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९५९८ पिसीआर र ५५८४ ऐन्टिजेन नमुना परीक्षणमा ३,७५० जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ५६, ललितपुरमा १६३ र काठमाडौंमा ९२१ गरी उपत्यकामा आज ११४० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३७५० जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख ४३ हजार ९६ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८,७५५ जना संक्रमति भएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभरी ५२२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५२२५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको यो दर ८६.२ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ६७ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,३०५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी हाल देशैभरी ७५ हजार २६७ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ५,५८९ जना र होम आइसोलेशनमा ६९,६८६ जना रहेका छन् ।

त्यस्तै देशैभरीका आइसीयुमा ११८९ जना र भेन्टिलेटरमा ३३६ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु, ३७४९ संक्रमित

वि.सं.२०७८ जेठ २८ शुक्रवार १७:२० मा प्रकाशित

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।...

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको...

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा...

पहिरोले विभिन्न सडक अवरुद्ध

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...