back
CTIZAN AD

महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेशविरुद्व ओली पक्ष अदालत जाने

वि.सं.२०७८ जेठ २८ शुक्रवार

900 

shares

जेठ २८, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्च अदालतको फैसलाविरुद्व नेकपा (एमाले)को केपी शर्मा ओली पक्ष पुनरावलोकनमा जाने भएको छ ।

ओली पक्षीय नेता सुवास नेम्वाङले आदेशविरुद्व आफुँहरु पुनरावलोकनमा जाने तयारीमा रहेको बताएका छन् । सञ्चारमाध्यमसँगको प्रतिक्रियामा उनले अदालतको आदेश अनपेक्षित भएको बताए ।

बिहिबार सर्वोच्च अदालतले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासन गर्ने ओली पक्षको निर्णयलाई बदर गरिदिएको थियो । अदालतले ओली पक्षले एकल रुपमा गठन गरेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिक नभएको ठहर गरेको थियो ।

गत ०७५ फागुन २३ मा सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको एमालेमा ओलीले एक पक्षीय रुपमा साबिक संरचनालाई भंग गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । पूर्वमाओवादी समूहका नेताहरुलाई समेत समेटेर गठन गरिएको उक्त कमिटीप्रति एमालेको माधव कुमार नेपाल पक्ष निरन्तर विरोधमा थियो ।

वि.सं.२०७८ जेठ २८ शुक्रवार १७:२७ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...