जेठ २८, पोखरा । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका ३१ सांसद कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्ती गर्न माग गर्दै प्रदेश प्रमुखको निवास पुगेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार पेश गर्न आव्हान गरेपछि विपक्षी गठबन्धन बहुमतसहित पुगेका हुन् ।
नेता नेपालीलाई कांग्रेससहित, माओवादी केन्द्र, जसपा र राजमोले समर्थन गरेको छ । स्वतन्त्र मानिएका सांसद दिपक मनाङ्गे पनि उनको समर्थनमा प्रदेश प्रमुखकोमा पुगेका छन् ।
६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्रायस् निश्चित छ ।
ठूलो दलका नेताको हैसियतले गत २९ वैशाखमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत मागेका थिए । तर, ६० सदस्यीय प्रदेश सभाका २७ एमाले सांसदबाहेक अरुले उनलाई साथ दिएनन् । ५७ मत खसेकोमा उनको विपक्षमा ३० मत परेको थियो ।
सम्बन्धित समाचार
वि.सं.२०७८ जेठ २८ शुक्रवार १७:५२ मा प्रकाशित






























