back
CTIZAN AD

ओली संविधान र व्यवस्था सिध्याउने ग्राण्ड डिजाइनमा छन् : बाबुराम भट्टराई

वि.सं.२०७८ जेठ २८ शुक्रवार

795 

shares

जेठ २८, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली व्यवस्था नै सिध्याउने डिजाइनमा लागेको आरोप लगाएका छन् । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले ओली सरकार चुनावको पक्षमा नरहेको पनि आरोप लगाए । चुनाव घोषणा गरेको सरकार मन्त्रिपरिषद पुनर्गठन र अध्यादेश जारी गर्ने दिशातिर नजाने उनको भनाई छ ।

‘सरकारले चुनाव घोषणा गरेको छ तर, चुनाव गर्ने यसको नियत छैन, चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी गर्दैन’, उनले भनेका छन् ।

उनले ओली निकै सहज ढंगले व्यवस्था सिध्याउने दिशामा लागेको बताए । उनका अनुसार चुनाव नगराउने र व्यवस्था सिध्याउने डिजाइन सुरु भएको छ ।

उनले भनेका छन्, ‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्ततः संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो ।’

वि.सं.२०७८ जेठ २८ शुक्रवार १८:०९ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...