back
CTIZAN AD

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा कोरोना रोकथाम र नियन्त्रण प्राथमिकतामा (पूर्ण पाठ)

वि.सं.२०७८ जेठ ३१ सोमवार

867 

shares

३१ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले कोराना रोकथाम र नियन्त्रण प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रममा कोरोनाका कारण सिर्जित समस्याहरुको सम्बोधन गर्न कोभिड १९ विरुद्ध खोपको व्यवस्थापन, संक्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री तथा औषधिको व्यवस्था, कोभिडका कारण ज्यान गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत आम नागरिकका परिवारलाई नगद राहत उपलब्ध गराउने लगायतको व्यवस्था गरिने जनाइएको छ ।

त्यस्तै प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुको स्तरवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने, प्रभावकारी बनाउने र ५० शय्याका सबै अस्पतालमा आँखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड संचालन गर्दै लगिने उल्लेख छ ।

गण्डकी विश्वविद्यालयको भोतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइने, चिकित्सा विज्ञान प्रविधि तथा सम्बन्धी विषयको अध्यापन शुरु गरिने, आदिकवि भानुभक्त बहुमुखी क्याम्पसलाई विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने, गण्डकी विश्वविद्यालयमा ५०० सैयाको शिक्षण अस्प्ताल(३५० बेडको जनरल असप्ताल, ५० वेडको मुटु, ५) वेडको मृगौला र ५० वेडको अर्बुद रोग उपचार वार्ड) स्थापनाका लागि विस्तृत आयोजन प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिने कुरालाई नीति तथा प्राथमिकतामा समावेश गरिएको छ ।

त्यस्तै स्थानीय तहसँगको सहकार्यमा बाँझो जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गालाई उपयोग गरी कृषिजन्य उत्पादन वृद्धि गर्न बाँझो जग्गामा व्यावसायिक खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने, कृषि व्यवसायको जोखिम न्यूनीकरणका लागि उपलब्ध गराइने थप बिमा सहुलियतलाई पुनरावलोकन गरी बाली तथा पशुपन्छी बिमाको व्यवस्था मिलाइने कार्यक्रममा समावेश गरिएको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्ण पाठ :

वि.सं.२०७८ जेठ ३१ सोमवार १९:४६ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...